काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै गएको छ । चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङकाे पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज शनिवार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । हृदयाघात भएपछि उहाँको छातीमा 'स्टेन्ट' राखिएको छ ।
यसैबीच उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवम् चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अ...