पोखरा : पोखरा महानगरपालिका कार्यालयको दुई छेउमा फोहोरको डंगुर छ। महानगर कार्यालय अगाडि मात्र होइन यतिबेला पोखराको सडक र चोकचोकमा फोहोरको डंगुर छ। वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखराको फोहोर नउठेको हो। वडावासीले महानगरपालिकाको फोहोर बोक्ने गाडी ‘ल्यान्डफिल साइट’मा प्रवेश गर्न रोक…