फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं, मंसिर २८। फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन । स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर […]

सम्बन्धित सामग्री

नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

फोहोर व्यवस्थापन गर्न आफै सक्षम छौँ : काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफै सक्षम रहेको बताएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्‍ने कुरा गलत रहेको बताएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर ...

फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ-काठमाडौं महानगर

काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ। महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका […]

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाइल एप्लिकेशन ल्याउने

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । द एशिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । क्लिन […]

सफा महानगर कहिले ?

संघीय राजधानी सहर काठमाडौंका लागि फोहोर व्यवस्थापन सधैं चुनौतीकै विषय बनिरह्यो । यति बेला सहरका हरेक चोकचोकमा अनि घरघरमा फोहोर थुप्रिएर बसेको कहिले उठ्ने टुंगो छैन । दैनिक भान्साबाट निस्कनेलगायत फोहोरको विसर्जन गर्ने एकमात्र थलो हो— नुवाकोटको सिसडोल । यदि उक्त स्थानमा फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भयो या त्यहाँसम्म पुग्ने सडक मर्मत–सम्भार गर्ने कार्य भयो […]

प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा पहल गरिदिन गगनको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई नै आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो। तर, कतिपय कुरा गर्न दुई निकायले मात्रै सम

समन्वय नहुँदा फोहोर व्यवस्थापन कठिन बन्यो : महानगर

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा भएको अवरोध महानगर एक्लैले हल गर्न नसक्ने महानगरले जनाएको छ। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले सडक विभाग, सहरी विकास मन्त्रालय...

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । अस्पतालजन्य फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ । एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए । फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ । महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएबापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो । राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रूपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले बताए । यस्तो फोहोरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट फोहोर उत्सर्जन हुँदै आएको छ । यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रूपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

माघ ४, वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो ।  अस्पतालजन्य फोहरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ ।  एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।  फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ । महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएवापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो ।  राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रुपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इञ्जिनीयर प्रकाश अधिकारीले बताए ।  यस्तो फोहरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट दैनिक रुपमा फोहोर उत्पादन हुँदै आएको छ ।  यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रुपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।