काठमाडौं । गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको...