प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता रमेश बडाल कडा रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी ओली पक्षका वकिलले पूरक रिट निवेदक ल्याएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फिर्ता नलिए कारबाहीको भागिदार हुने चेतावनी दिएपछि महान्यायाधीवक्ता बडाल बहसमा उत्रिँदै कडा रुपमा प्रस्तुत भएका हुन् ।‘५ जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभयो उहाँहरुको आदेश मान्ने की नमान्ने भन्ने प्रश्न छ’, उनले भने, ‘यो अस्ति लेखेको राय के हो ?’ जे