गठबन्धनले लोसपालाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा सिट दिने

काठमाडौं । सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ । मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिनेगरी सहमति भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।  

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन […]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : प्रत्यक्षमा महिला सहभागिता न्यून

सर्लाही– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ ।  चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा […]

प्रतिनिधिसभा र प्रदेशसभा (क)मा गठबन्धन विजयी

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क)मा सत्ता गठबन्धनले जितेको छ। नेकपा एमालेले प्रदेशसभा (ख) मात्रै जितेको छ।प्रतिनिधिसभा सदस्यमा गठबन्धन दल नेपाली काँग्रेसका दीपक खड्का र प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन्।प्रतिनिधिसभाका उम्मेदवार खड्का ३२,१५८ मत ल्याएर ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६,७१९ मत ल्याएका छन्। खड्का ५,४३९ मतान्तरले विजयी भए। २०७० सालको न

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका नेताहरुले विहानै मतदान गर्नुभएको छ । …

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ६९ उम्मेदवार

बागमती– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २६ तथा प्रदेशसभा सदस्य पदका लागि ४३ गरी कूल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा दुवैतर्फ उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ निर्वाचन […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन् ।स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको […]

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल सुरु

काठमाडाैँ- सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ। सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो। चारवटै सुरक्षा निकायका प्रमुखहरूसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगमा ४० दल दर्ता

काठमाडौँ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन्। नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ। आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी […]

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

२५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको […]