नुवाकोटको त्रिशूली अस्पतालमा आरटी–पीसीआर परीक्षणका लागि स्वाब संकलन १ हप्ता बन्द हुने भएको छ ।
अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत संकलित नमूना संख्या १ हप्ताको लागि पुग्ने भएकाले संकलन रोकिएको हो ।
स्वास्थ्य कार्यालयले बिहीवार सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको १ हप्तासम्म पीसीआर परीक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ ।
कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोम...