काठमाडौं : ६३ वर्षको इतिहास बोकेको नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक हवाई सेवा नेपाल वायुसेवा निगम यतिवेला ठूलो आर्थिक संकटमा छ। आफूसँग भएका जहाजलाई व्यवस्थित तवरले सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोर्नु परिरहेको छ। धेरै वर्षदेखि घाटामा रहँदै आएको निगमको निगमको ऋण ५० अर्ब रूपैयाँको हाराहारीमा पुगेको निगमका एक कर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार यतिवेला अवकाशप्राप्त कर्मचारीलाई सेवा सुविधासमेत दिन नसक्ने अवस्थामा पुगेको छ। देशमा हरेक