कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकुलो पारे लगत्तै र रेल–वे सञ्चालनमा आएसँगै हजारौं नागरिक गाउँ आउने सम्भावना बढेको भन्दै समन्वय समितिको बैठकले जिल्लाका १० वटै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गर्ने निर्णय गरेको हो ।