श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।