काठमाण्डाै - रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने बताउनु भएको हो ।
५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाखभन्दा धेरै सेना तैनाथ गरेपछि ...