काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ। सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको नेताहरूले बताएका छन्। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको उनीहरूको भनाइ छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।