काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ। त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।