काठमाडौं : रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ। रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी सैनिकहरुले आत्मसमर्पण नगर्ने बताएका छन्। उनीहरुले युरोपेली देशहरुसँग थप हतियारको माग गरेका छन्। यसैबीच रुससँगको प्रारम्भिक वार्तापछि मारियोपोलबाट ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। त्यहाँ अझै पनि १० हजार मानिस फसेका युक्रेनी अधिकारीहरुले बताएका छन