चितवन– नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् । मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।