कर्जा लिएका लगानीकर्तालाई मार्जिन कलको त्रास

काठमाडौं । दोस्रो बजारमा धितोपत्रको मूल्य घटिरहेकै बेला मार्जिन कलबाट लगानीकर्ता त्रस्त छन् । बैंक, वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तालाई मार्जिन कल आउन शुरू भएको छ । दिनहुँ बजार घट्दै गएको चिन्तामा रहेका उनीहरू मार्जिन कलले चिन्ता थपेको बताउँछन् ।  बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा दिँदा धितोमा राखेको शेयरको मूल्य २० प्रतिशत घटेको अवस्थामा थप रकम वा शेयर धितो राख्न कल गर्छन् । यसले मार्जिन प्रकृतिको कर्जा लिएका लगानीकर्तामा चिन्ताको पारो माथि उक्लेको हो ।  शेयर लगानीकर्ता दबाब समूहका सचिव नयन बास्तोलाले पछिल्लो समय मार्जिन कलका कारण लगानीकर्ता त्रस्त बनेको जानकारी दिए । बजार ऐतिहासिक विन्दुमा उक्लेका बेला कर्जा लिएका लगानीकर्ता अहिले मार्जिन कलको समस्यामा रहेको उनले अनुमान लगाए । बजार यसरी नै घट्दै गए आफूलाई पनि मार्जिन कल आउने डर बास्तोलालाई छ ।  पुरानो लगानीकर्ता भएको र यसबीचमा धितो राखेका शेयरको बोनस र हकप्रद थप भएकाले आफूलाई मार्जिन कल नआएको हुनसक्ने उनको अनुमान छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजीको अभाव रहेको र धितोपत्र मूल्य दिनदिनै घटिरहेको बेला मार्जिन कलको प्रक्रिया पूरा गर्न लगानीकर्तालाई समस्या हुने बास्तोला बताउँछन् । अहिले बजारका लागि नीतिगत परिवर्तन आवश्यक देखिएकाले सरकारले त्यसमा ध्यान दिए बजार सकारात्मक बनी मार्जिन कलको समस्याबाट लगानीकर्ताले मुक्ति पाउने उनको बुझाइ छ ।  अनुभवी लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमकी सचिव दुर्गा तिवारीले पनि लगानीकर्ता मार्जिन कलको चपेटामा पर्न थालेको बताइन् । बजार घटेर आम लगानीकर्ता चिन्तित भइरहेका बेला मार्जिन कलले तनाव बढाएको उनको भनाइ छ । ‘यो समस्या समाधानका लागि तरलता सहज हुनुपर्छ,’ उनले भनिन्, ‘तरलता सहज नभएसम्म मार्जिन कलको समस्या आइरहन्छ ।’  धितोपत्रको मूल्य धेरै घटेका बेला घाटामा बेच्न पनि नचाहने र बैंक, वित्तीय संस्थाबाट कर्जा पनि नपाउने समस्याबीच मार्जिन कल त्रासकै विषय रहेको तिवारी बताउँछिन् । जुन अनुपातमा बजार घटेको छ, त्यसअनुसार लगानीकर्तामा मार्जिन कलको समस्या नआएको बताइन्छ । बजारमा तरलता संकट शुरू भएसँगै मार्जिन प्रकृतिका कर्जा प्रवाहमा पनि कमी आएको तथा अघिल्ला ३ महीनामा लगानीकर्ताले धितोमा राखेका शेयरमा बोनस थपिएकाले मार्जिन सन्तुलनमा रहेको हुनसक्ने अनुमान छ । बजार अझै घटेको खण्डमा भने मार्जिन कलको समस्यामा कर्जा लिने सबै लगानीकर्ता पर्ने जानकार बताउँछन् । गत भदौ २ गते नेप्सेले ३ हजार २०० विन्दु पार गरी कीर्तिमान कायम गरेको थियो । त्यसपछि गत मङ्सिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको बजारले गत माघ ३ गते ऐतिहासिक विन्दुपछिको उच्च विन्दु छोयो । उक्त दिन नेप्से परिसूचक २ हजार ९५६ विन्दुसम्म उक्लेको थियो । पछिल्लो कारोबार दिन बुधवार नेप्से २ हजार २७५ दशमलव ६८ विन्दु कायम भएको छ । माघ ३ गतेकै उच्च विन्दुलाई आधार मान्दा यसबीचमा नेप्से २३ प्रतिशत घटिसकेको छ । बैंक, वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा ७० प्रतिशतसम्म प्रवाह गर्न सक्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो शेयर धितो राखेर एउटा संस्थाबाट ४ करोड र बढीमा ४ बैंकबाट १२ करोड रुपैयाँसम्म यस्तो कर्जा पाउने व्यवस्था छ । बैंक, वित्तीय संस्थाले १८० दिनको औसत मूल्य र बजार मूल्यमा जुन कम हुन्छ त्यसैको आधारमा यो कर्जा प्रवाह गर्दै आएका छन् ।   

सम्बन्धित सामग्री

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई अर्थमन्त्री महतकाे आग्रह

अर्थमन्त्री डा‌. प्रकाशशरण महतले नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई आह्वान गरेका छन् ।

लगानी सम्मेलनका लागि भारत लगायतका लगानीकर्तालाई अर्थमन्त्रीले दिए निम्तो

२५ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री डा. महतले निम्तो दिएका हुन् । सम्बोधनका क्रममा […]

बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना

झापाको बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।...

वैश्विक लगानीकर्तालाई चीनको ‘दुर्लभ’ निम्तो

दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको शिथिलता र बढ्दो भूराजनीतिक तनाव कम गरी लगानीकर्तालाई प्रोत्साहित गर्न बैठक बस्न थालेको हो अर्को हप्तादेखि चीनमा हुने बैठकमा चीनको वित्तीय नियामकले विश्वका ठूला लगानीकर्तालाई आमन्त्रण गरेको...

उद्योग क्षेत्रमा लगानी बढाउन कोरियाली लगानीकर्तालाई उद्योगमन्त्री रिजालको आग्रह

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।  बुधबार नवलपरासीमा ल्यान्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् ।...

यी दुई कम्पनीले दिँदैछन् लगानीकर्तालाई मनग्य लाभांश, कुनको कति ?

जाल्पा सामुदायिक लघुवित्त र एभेरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा छन् ।

बोटलर्स नेपालले शेयर लगानीकर्तालाई ६० प्रतिशतसम्म नगद लाभांश दिने

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनीले शेयर लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने जनाएको छ ।

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन्। बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी...