जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताए । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् ।प्रनाउ