अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक तीनवटा शोक प्रस्ताव पारित गरेर फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । बुधवार बसेको बैठकले तीनजना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेसको तर्फबाट तत्कालीन संविधान सभाका सदस्य जगतबहादुर ताजपुरिया तथा २०५८ सालमा राष्टिय सभामा एमालेको तर्फबाट निर्वाचित सांसद लक्ष्मीदास मानन्धर र २०७० सालको संविधान सभामा एमालेबाट सभासद निर्वाचित डा. दुमनसिंह थापाको निधनमा शो...