प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौमा बस्नेछ । The post प्रतिनिधिसभा बैठक : महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

प्रतिनिधिसभा : शोक प्रस्ताव पारित, अर्को बैठक २७ भदौमा

काठमाडौं : प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे)को निधनमा शोकप्रस्ताव पारित गरेको छ।नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो।प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उनीहरूको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण