मिडफिल्डर पोजिसनबाट फुटबल खेल्ने विष्णु गुरुङले करिअरको अधिकांश समयमा थ्रीस्टार क्लबको बेन्चमै बिताए । यस अर्थमा उनको खेलाडी जीवन चम्किलो छैन । खेलाडी हुँदाहुँदै ‘सी’ र ‘बी’ लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेर विद्यालय र उमेर समूहका क्लबको प्रशिक्षण सम्हालेका गुरुङलाई दुई वर्षअघि एएफसी कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक बनाइँदा धेरैको आश्चर्य थियो ।