बाढी र डुवानपछिको मेलम्ची बजार

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्‍यो । दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण मेलम्ची बाढी प्रभावित क्षेत्रमा

गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो ।  गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यव

मेलम्ची र मनाङका बाढी पीडितलाई नेपाल बैंकको ८ लाख सहयोग

काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]

बाढी/पहिरोले गरेको क्षतिकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली बाढी/पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो ।  प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यस वर्ष सिन्धुपा...

सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी

काठमाण्डाै – सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी आएको छ । दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, सिन्धुपाल्चोककै इन्द्रावती र मेलम्चीमा पनि गए रातिदेखि बाढी आएको छ । नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हेर्दाहेर्दै मेलम्ची बजार बगर बन्यो

मेरो घर सिन्धुपाल्चोक, मेलम्ची–११ बजारमै पर्छ । पेसाले बैंकमा जागिरे हुँ । असार १ गते बेलुकी साढे पाँच बजे बैंकका म्यानेजर सरलगायत एक/दुईजना अरु साथीसँगै खाजा खाएर रोमन भाइको घरमा बसिरहेका थियौँ। रोमनको बुबा र मेरो बुबा इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा जागिर गर्नुहुन्छ । रोमनको बुबाले फोन गरेर बाढी आएको छ भन्नुभयो । हामीले सामान्य त होला नि भनेर खासै वास्ता गरेनौँ । त्यसपछि फेरि मेरो बुबाले पनि फोन गरेर ठूलो बाढी आएको र घर छाडेर बाहिर जान भन्नुभयो। बाहिर निस्केर हेर्दा त साँच्चिकै डरलाग्दो गर...

मेलम्ची नगरपालिकाद्वारा सहयोगको लागि आह्वान, राहत कोषमा राखियो ५० लाख

काठमाडौं : मेलम्ची नगरपालिकाले ५० लाख रुपैयाँ राखेर 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ। गत मंगलबार गएको बाढी पहिरोका कारण नगरपालिकाको वडा ६, १० र ११ मा ठूलो क्षति पुगेको छ। मेलम्ची बजार बगरमा परिणत भएको छ। सयौं मानिस विस्थापित भएका छन्। नगरपालिकाले बाढीबाट विस्थापित र संकटमा…

मेलम्चीका बाढी प्रभावितलाई कलाकारहरुको राहत

काठमाडौं : लगातार वर्षाका कारण नेपालका विभिन्न ठाउँमा बाढीपहिरोका कारण निकै जनधनको क्षति भएको छ। अझ सिन्धुपाल्चोकको मेलम्ची बजार निकै प्रभावित बनेको छ। बाढी र हिलोले घरहरु पुरिनुका साथै खेतीपाती पनि समाप्त पारेको छ। जनधनको क्षति भएको छ। मेलम्ची बजार नै बगरमा परिणत भएको छ। जसकारण धेरै मानिसहरु घरविहीन भएका…

बाढीले छाडेपछि यस्तो देखियो मेलम्ची बजार क्षेत्र [फोटोफिचर]

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मेलम्ची बजार क्षेत्रमा बाढी पसेर कैयन घर पुरेका छन् भने सडकमा मुढा तथा लेदो थुप्रिएको छ । खोला आसपासका कतिपय घर पूरै पुरिएका छन् भने अग्ला घरहरू पनि भुँइतला पुरिएको छ । बाढीमा परी ७ जना बेपत्ता भएको खुलेको छ भने एक जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसक्रममा बाढीमा फसेका ६० भन्दा बढीको उद्धार गरिएको छ । हेर्नुहोस्, बाढीले छाडेपछि मेलम्ची बजारको दृश्य :

मेलम्ची बाढी अपडेट : एक महिलाको मृत्यु, स्थानीयको बिचल्ली

सिन्धुपाल्चोक : मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ। हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ। मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए । बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाक