मेरो घर सिन्धुपाल्चोक, मेलम्ची–११ बजारमै पर्छ । पेसाले बैंकमा जागिरे हुँ । असार १ गते बेलुकी साढे पाँच बजे बैंकका म्यानेजर सरलगायत एक/दुईजना अरु साथीसँगै खाजा खाएर रोमन भाइको घरमा बसिरहेका थियौँ। रोमनको बुबा र मेरो बुबा इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा जागिर गर्नुहुन्छ । रोमनको बुबाले फोन गरेर बाढी आएको छ भन्नुभयो । हामीले सामान्य त होला नि भनेर खासै वास्ता गरेनौँ । त्यसपछि फेरि मेरो बुबाले पनि फोन गरेर ठूलो बाढी आएको र घर छाडेर बाहिर जान भन्नुभयो। बाहिर निस्केर हेर्दा त साँच्चिकै डरलाग्दो गर...