काठमाण्डाै - पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ ।
पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन । त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताेले बताउनुभयो ।
देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै&nbs...