धनगढी : संघमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि प्रदेशको राजनीति पनि परिवर्तन हुने भएको छ। आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलहरूबीच नयाँ समीकरणको सहमति भएको छ।बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसअघि छलफल गरेर बालकोटबाट बाहिरिएका थिए। एमालेको नेतृत्वमा यी दलहरूले गठबन्धन