कोस्टारिका २०२२ को कतार विश्वकपमा छनोट हुने अन्तिम देश बनेको छ। अन्तरमाहादेशीय प्लेअफमा कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा स्थान बनायो। कोस्टारिकाको यो छैटौं र लगातार तेस्रो विश्वकप यात्रा हो।कोस्टारिकाले पूर्व आर्सनल स्टार जोएल कम्पेबलले तेस्रो मिनेटमा गरेको एकमात्र गोललाई जोगाउँदा कतारको टिकट पक्का गरेको हो। न्युजिल्यान्डले भने खेलको अन्त १० खेलाडीमा रहेर गरेको थियो। सबस्टिच्युट खेलाडीका रुपमा मैदान छिरकेका कोस्टा बारब्रउसले फ्रान्सिसको कालभोमाथि फल गरेपछि उनी सिंधै रा