काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ। एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ। सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना हुँदैछ। ६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्। जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्य