नाडा अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा

काठमाडौं (अस) । सीजी होल्डिङ्स तथा सिजीमोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् । सातै प्रदेशमा विस्तार भइसकेको नाडाको प्रदेश संरचनालाई थप व्यवस्थित र बलियो बनाउन उनले उम्मेदवारी  दिएका हुन् । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार उपलब्ध गराउने व्यवसाय हो । सरकार र व्यवसायी दुवैको हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको चौधरीले बताए । नीतिगत रूपमै सरकारसँग अटो व्यवसायलाई अगाडि बढाउन सहजीकरण गर्ने उनले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका कारण अटोमोबाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थानसँगै यस क्षेत्रमा थप आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए । हाल नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल छन् ।  

सम्बन्धित सामग्री

'योगदानलाई हेरेर नेतृत्वमा सहमति गरौं'

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी बिहीबार निर्वाचन हुँदै छ । अध्यक्ष पदमा हालका उपाध्यक्ष करण चौधरी र कार्यसमिति सदस्य ध्रुव थापा प्यानलसहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका थापाका चुनावी एजेन्डा, अटोमोबाइल्स क्षेत्रका मुद्दा र सहमतिको सम्भावनाबारे कान्तिपुरका लागि कृष्ण आचार्य, विमल खतिवडा र नुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :

नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा

व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् । हालका नाडाका उपाध्यक्ष समेत रहेका थापाको टिममा व्यवसायी घराना पञ्चकन्या ग्रुप अफ कम्पनी हुन्डाई, जगदम्बा मोटर्स टिभीएसदेखि महिन्द्रा, इसुजु, बीवाईडी, बजाज लगायत, ट्रायर, ट्युव, लुब्रिकेन्ट लगायतका व्यवसायीहरुको समर्थन रहेक

नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा

काठमाडौँ– अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा एशोसियशन अफ नेपालको अध्यक्ष पदका लागि अटो व्यवसायी ध्रुव थापाले उम्मेदवारी घोषणा गरेका छन्। उनले बिहीबार राजधानीमा एक कार्यक्रम गरी ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्ष पदका प्रत्याशी थापाले नीतिगत सुधार, सचिवालय सुधार, सदस्यहरुको क्षमता अभिवृद्धि, डाटा […]

नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्बारी घोषणा

काठमाडौं । अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा) का उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले आज उम्मेदवारी घोषणा गरेका हुन् । नाडाको चुनावमा धुब्र थापा र चौधरीले अध्यक्षमा उम्मेद्बारी दिएका छन् । नाडाको मंसिर २२ र २३ गते निर्वाचन हुँदैछ । आगामि कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिव लगायत १७ […]

करण चौधरीद्वारा नाडाको अध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा

व्यवसायी करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि प्यानलसहित आफ्नो  उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा एक समारोहकाबीच  चौधरीले अध्यक्षसहित आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलका १७ सदस्यहरूमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी रहेका छन् । यस्तै, निलममणी पाठक, वरदान बस्नेत,निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगार

नाडा अध्यक्षमा ध्रुब थापाको उम्मेद्वारी घोषणा

२० साउन, काठमाडौं । फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष धु्रब थापाले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुगेका उनले अघिल्लो […]

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हाल नाडाको उपाध्यक्ष हुन् । नाडा सात वटै प्रदेशमाविस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाउने उद्देश्यका साथ नाडालाई संस्थागत रूपमा दरिलो बढाउने चौधरीले बताए ।अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं […]

सिजी मोटोकर्पका निर्देशक चौधरीले दिए नाडाको अध्यक्षमा उम्मेद्वारी

काठमाडौं। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन्। चौधरीले उम्मेद्वारी दिने क्रममा सातवटै प्रदेशमा पुगिसकेको नाडालाई थप बलियो बनाउँदै अगाडी लग्ने घोषणा गरेका छन्। यस्तै उनले अटोमोबाइल्स व्यवासय सरकारलाई सार्वधिक कर बुझाउने क्षेत्र भएकाले नितीगत रुपमा अटो व्यवसायलाई सहज बनाउन भूमिका खेल्ने उनको भनाई छ।