कोरोना संक्रमित डडेल्धुराकी एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो । उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे । आफन्तले जतिसुकै प्रयास गरेपनि शव गाउँ लैजान सकेनन् ।
कोरोना संक्रमितको शव बोक्न कोही गाडीवाला तयार भएनन् । उनीहरुले एम्बुलेन्स र शवबाहन पनि पाएनन् । जतिसुकै प्रयास गर्दा पनि सम्भव नभएपछि आफन्त शव जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मा लगाएर फर्किए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो। महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन् ।