शव बहानको अभावमा संक्रमितको शव ब्यवस्थापनमा समस्या

ओखलढुंगा : जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको शव ब्यवस्थापनमा समस्या उत्पन्न भएको छ।जिल्लामा शव बहान नहुँदा शव जलाउने स्थान सम्म गाडी नजाने भएका कारण शव व्यवस्थापनमा समस्या उत्पन्न भएको हो। मृतकका आफन्तले भने आफ्नो परम्परा अनुसार दाहसंस्कारमा सहयोग गर्न सरकारी निकायमा अपिल गरेका छन्।तर मृतकका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जना सम्मको उपस्थितिमा दाहसंस्कार गर्न मिल्ने जनाएको छ। अन्यथा नेपाली सेनाले शव ब्यवस्थापन गर्दछ।नेपाली सेनाले शव ब्यवस्थापनका

सम्बन्धित सामग्री

२६ दिनसम्म पनि आएनन् शव

इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन् । समयमै शव पहिचान हुन नसक्दा पाँचजनाको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन ।...

यती विमान दुर्घटना : शव दिन शुरु‚ सदाकतको शव दिइयो परिवारलाई

पर्वत : पोखरामा भएको जहाज दुर्घटनामा फेला परेकामध्ये सबैभन्दा पहिले सदाकत अलि मियाँको शव परिवारलाई हस्तान्तरण गरिएको छ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पोस्टमार्टमको सकिएपछि परिवार शव बुझ्नका लागि तयार रहेको अवस्थामा सबैभन्दा पहिले सदाकतको शव परिवारको जिम्मा लगाइएको हो।पहिचान छिटो हुनु तथा पोस्टमार्टमपछि साँझको समय भए पनि आफन्तजन शव बुझ्नका लागि तयार भएपछि भेटिएका ७० वटा शवमध्ये सबैभन्दा पहिला उनको शव हस्तान्तरण गरिएको हो।पोखराकै बासिन्दा रहेका उनले पोखराको सिद्धार्थ चोकमा

दंगीशरणमा शव फेला

दाङ- दाङको दंगीशरणमा एक जनाको शव फेला परेको छ। दंगीशरण गाउँपालिका- ३ एकलीमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ। उक्त शव दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ। बुढा गत ४ दिनदेखि सम्पर्कविहीन भएका थिए। स्थानीयले आइतबार बिहान शव फेला पारेपछि प्रहरीलाई खबर […]

पहिचान खुल्न नसकेका व्यक्तिको शव कोशी अस्पतालको शव गृहमा

उनको शव कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।

महिलाको शव फेला

रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल लगिएको छ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

जङ्गलमा दम्पतिको शव

काठमाडौं, ११ वैशाख । बुटवलको जङ्गलमा दम्पतिको शव फेला परेको छ । शिवनगर सामुदायिक वनको जङ्गलमा दम्पतिको शव फेला परेको हो । शव बुटवल उपमहानगरपालिका वडा नं ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरु ६ वैशाखदेखि हराएपछि खोज्दै जाँदा शव […]

उखुबारीमा अर्को पनि शव फेला

विराटनगर, १३ माघ । मोरङको उखुबारीमा भेटिएको २ खाल्डोमध्ये दुवैमा शव फेला परेको छ। बिहीबार धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा अर्को पनि शव भेटिएको हो । एउटा खाल्डोमा हिजो (बुधबार) एक पुरुषको शव भेटिएको थियो । आज खाल्डो उत्खनन गर्ने क्रममा अर्को खाल्डोमा पनि शव फेला परेको प्रहरीले जनाएको छ । तालिमप्राप्त कुकुरसहितको […]

धनुषामा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।आइतबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । सो शव झाडीमा फेला परेको र अहिले कुकुरसहितको टोलीले अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

जलिरहेको शव बाढीले बगायो

धनगढी : कैलालीमा शव जलाउने क्रममा एक्कासि बाढी आएपछि शव नै बगाएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको आर्यघाटमा जलाउँदै गरेको शव बाढीले बगाएको हो।गोदावरी नगरपालिका बास्कोटाकी ८५ वर्षीया नन्दादेवी भण्डारीको निधनपछि शव जलाउन गोदावरी आर्यघाटमा लगिएको थियो। तर उनको शव जलाउँदा जलाउँदै नदीमा एक्कासि बाढी आएको थियो। सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको छ।

विद्युतीय शव गृहले थेग्न नसकेपछि बाग्मती किनारामा शव व्यवस्थापन

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समेत समस्या हुँदै गएको छ। यस अघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शव गृहमा मात्र व्यवस्थापन गरिँदै आएकाेमा विद्युतीय शव गृहले मात्र थेग्न नसकेपछि पशुपतिकै बाग्मती किनारामा शवको व्यवस्थापन गर्न थालिएको छ। संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको बताएको छ। सेनाका प्रवक्ता&n