दार्चुला - दार्चुलाको व्यास गाउँपालिका-१ भोलीनमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुकाे शव ल्याउन समस्या भएको छ । भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलङ्गा ल्याउने भनिए पनि भारततर्फ सडकमा पहिरो खस्दा समस्या भएको हाे । गएकाे मङ्गलवार हिमपहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये ३ जनाको शव फेला परेको थियो ।
हिमपहिराेमा परि दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको ज्यान गएकाे थ...