आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । ११८ निर्वाचन क्षेत्रको नतिजा आउँदा कांग्रेसको अग्रता रहेको छ भने एमाले पछिपछि रहेको छ । यस्तै मतगणना जारी रहेका स्थानहरुमध्ये १४–१४ स्थानमा एमाले र कांग्रेसको अग्रता रहेको छ । जसअनुसार ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको छ । पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तामाङ, उदयपुर १ मा नाराय