जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौको सामान बरामद गरी भन्सार चलान गरेको छ। विभिन्न मिति र विभिन्न ठाउँबाट बरामद गरिएका सामानहरु रौतहट प्रहरीले बिहीबार भन्सार बुझाएको हो।...
लुम्बिनी– रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला […]
नवलपरासी । महेशपुर भन्सार कार्यालयले मिलेमतोमा सामान लिलाम गरेको आरोप स्थानीयले लगाएका छन । राजश्व छलेर ल्याइएका सामान भन्सार कार्यालयमा कर्मचारीको मिलेमतोमा लिलाम गर्ने गरेको स्थानीयले बताए । नवलपरासीको भारतको उत्तर प्रदेशसँग सीमाना जोडिएको छ । यस नाकाबाट दैनिक भन्सार छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको छ […]
मोरङको रानी क्षेत्रबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ ल्याएको करिब ९ लाख २६ हजार मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टिकाबहादुर कार्कीले रातोपाटीलाई बताए ।बरामद सामग्रीमा कपडा, खाद्यान्न र घरायसी सामान लगायत छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सो सामग्री बरामद गरेको हो । बरामद सामग्री प्रहरीले भन्सार कार्यालय रानीमा बुझाएको छ ।
२२ कात्तिक,बुटवल । भारतबाट भन्सार छली नेपाल भित्राइएको २ करोड बढीको सामान सहित एक जनालाई भन्सार कार्यालयले पक्राउ गरेको छ । तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भैरहवा भन्सार कार्यालयले बुटवलको तिनाउ पुल नजिकको गोदाम तथा कपिलवस्तुको पकडी र चाकाचौडा सामान बरामद गरेको हो । भन्सार कार्यालयले उच्च मूल्य र भन्सार महशुल बढी रहेका सूर्ती, […]
काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]
भारतबाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार साँझको समयमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ९ बंग्राकटानको सडक छेउमा सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले रातोपाटीलाई जानकारी दिए ।२ लाख ७८ हजार २ सय १० रुपैयाँ बराबर पर्ने विभिन्न सामान प्रहरी ले बरामद गरी भन्सार ऐन बमोजिम कारबाही का लागी आइतबार भन्सार कार्यालय कैलालीलाई बुझाएको उनले बताए ।