काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसदमा फिर्ता भएको नागरिकता विधेयकलाई पुनः फिर्ता पठाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयकलाई फेरि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। राष्ट्रपतिले अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक फिर्ता पठाएकी थिइन्। तर, स्रोतका अनुसार गठबन्धनले पुनः बहुमतको बलमा जस्ताको तस्त