अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा

काठमाडौं । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध