स्वास्थ्यकर्मीमाथि हातपात भएको भेरी अस्पतालमा सुरक्षाकर्मी थप

बाँके : स्वास्थ्यकर्मीमाथि हातपात र आक्रमण भएको भेरी अस्पतालमा प्रहरीले सुरक्षा बढाएको छ। महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमणले उनीहरूको मनोबल खस्किने चिन्ता र सुरक्षा चासोका कारण प्रहरी सुरक्षा थप गरिएको हो।बाँके प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए। उनका अनुसार महामारीको अवस्था सामान्य रूपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए। प्रहरी बाहेक निजी सुरक्षाक