गाेरखा- सात वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ। चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका-२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो। नुवाकोट दरबार हेरचाह तथा […]