काठमाण्डाै – सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ ।
चीन सरकारले जिम्मेवारी लिएको त्यस दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ मा पर्ने दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाक...