सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणको लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयाँलका अनुसार करिब २० जनाको प्राविधिक (इ