संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको हो ।लेबनानका राष्ट्रपतिको कार्यालयले संयुक्त राष्ट्रसंघले सो सहयोग गर्न लागेको कुरा शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।