काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे । गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। […]