लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा प्रदेश सभातर्फ शतप्रतिशत मतदान भएको छ भने स्थानीय तहका ३ जनप्रतिनिधि भने सहभागी भएनन् । मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको हो । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए।यो समय कोरोना महामारी नियन्त्रणको बेला भएकाले चुनाव अनुपयुक्त भएकाले आफू मतदान प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ । यसैगरी नरैनापुर गाउँपालिका