कम्युनिस्ट र कांग्रेस दुवैसँग सम्बन्ध बढाउन खोज्दै चीन

नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । आम निर्वाचनको तयारी भइरहेका बेला सके नेपालमा ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता गराउने र त्यसो नभए सत्तारूढ कांग्रेससँग सम्बन्ध सुधार गर्ने रणनीति चीनले लिएको हो ।

सम्बन्धित सामग्री

बिआरआई फ्रेमवर्क,सत्ता साझेदार दृढ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ सम्बन्धी सहमति कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकमत देखिएका छन् ।

बिआरआईमा साझा दृष्टिकोण

सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) चीन सरकारको बहुउद्देश्यीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपालको प्राथमिकता र राष्ट्रिय हितलाई दृष्टिगत गरी समझदारी गर्ने निष्कर्षमा पुगेका छन् ।

आउनुस काँग्रेस विरोधी होइन, देशको पक्षमा उभिएर काम गरौं : केपी ओली

काठमाडाैं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँच्चै वामपन्थी एकता चाहने हो भने कांग्रेस नेतृत्वको सरकार छाडेर आउन चुनौती दिएका छन्।नेपाल–चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने र कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनेहरुले वामएकताको कुरा गर्न नमिल्ने पनि बताए ।

वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् ।  नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती  दिएका हुन् । उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस […]

देउवासँग भेटबारे सिपिसीले के भन्यो ?

चिनियाँ कम्युनिस्ट पार्टीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको कुराकानी सोमबार वेबसाइटमा राखेको छ । जसअनुसार देउवाले लिउलाई कांग्रेस पार्टी र नेपाल सरकार एक चीन–नीतिमा प्रतिबद्ध रहेको बताएका...

कांग्रेस एक चीन नीतिमा दृढ : गगन थापा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार बिहान ललितपुरमा आयोजित कार्यक्रममा उनले पार्टी स्थापनाकालदेखि चीनसँग एउटै प्रकृतिको सम्बन्धलाई निरन्तरता दिइएको भन्दै भोलिको दिनमा पनि एक चीन नीतिमा दृढ रहने बताए । उनले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश...

'सबै एकताबद्ध हुनुपर्छ भनेको हुँ, गलत प्रचार गरियाे'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको गलत प्रचार भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘हामीले देशभित्र एकताबद्ध भयौँ भने सबैले सम्मान गर्छ भनेको हुँ। चीन र भारत सबैले त्यसको सम्मान गर्छ भनेको थिएँ। तर, त्यसलाई कुप्रचार गरियो। त्यसतर्फ सबैको ध्यान जाओस्।’प्रचण्डले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेकपा प्रचण्ड–माधव समूह, कांग्रेस र जसपा मिलेर सरकार