संविधानमा प्रतिनिधि सभा विघटनको धारा नदेखेको भन्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले संविधानको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओलीले हिटलरको शैलीमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका हुन् ।
‘संविधान नेपालीमा लेखिएको छ, नेपालीमा पढ्न जान्नुभएन भने अंग्रेजीमा उल्था गरिएको छ, पढ्नु होला । म बोलेपछि अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको यो प्रति पठाउने छु,’ रायमाझीले भने ।
वैकल्पिक सर...