​साउदीमा सप्तरीका एक युवाको मृत्यु

चन्दन यादव/सप्तरी ।  वैशाख २६ – रोजगारीका लागि साउदी पुगेका सप्तरीका एक युवाको ज्यान गएको छ । खड्ग नगरपालिका ९ लालपटीका २४ वर्षे सञ्जय साह...

सम्बन्धित सामग्री

दलित युवाको कुटीकुटी हत्या

राजविराज  ।  विवाहमा जन्तीसँगै ल्याइएको डीजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी सप्तरीका एक दलित युवाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–४ पसेराका २५ वर्षीय सन्तलाल पासवानको विराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा गत सोमबार राति जन्ती आएको थियो ।डीजे बाजासहित आएको जन्तीलाई […]

दुर्घटनाका घाइतेको मृत्यु

सोमबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएका सप्तरीका एक युवाको मंगलबार मृत्यु भएको छ। सप्तरीको डाक्नेशवरी नगरपालिका ९ स्थित महुकीमा स १ त ६१०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा छिन्नमस्ता गाउँपालिका–३ का ३७ वर्षीय सन्तोष सदाको मृत्यु भएको हो

धानखेतमा फालिएको नवजात शिशुको उद्धार

सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ  । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ  । शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसाग

भारत काम गर्न गएका सप्तरीका अर्का मुसहरको पनि कुटपिटबाट मृत्यु

भारतको यमुनानगर काम गर्न लगिएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीका एक ३० वर्षिया मुसहर युवाको शंकास्पद मृत्यु भएको छ। यस अघि गत वैशाख ९ गते हाटीकै ठेकेदारमा काम गर्न गएका बुधु...

१५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको ज्यान गयो

सप्तरी – सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ ।  सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्यान गएको हो ।  १५ वर्षदेखि मलेसियाको  भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ ।  कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २...

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।