धार्मिक एवं पर्यटकीय धरोहर : गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आफ्नो आफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज […]

सम्बन्धित सामग्री

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड [फोटोफिचर]

पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ ।

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड [फोटोफिचर]

पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ ।

धार्मिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्ला एक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको पाइन्छ । यस जिल्लामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँचवटै गाउँपालिकाको नाम धार्मिक रूपबाटै रहेको पाइन्छ । सबै गाउँपालिकाको आआफ्नो धार्मिक तथा पर्यटकीय विशेषता रहेको पाइन्छ । यहाँ मुख्य गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्डको बढी विवेचना गर्ने प्रयास गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा […]

धार्मिक पर्यटन यात्रा स्मरण गोसाईकुण्ड

डिल्ली सापकोटा । धार्मिक, सास्कृतिक, भौगोलिक रोमाञ्चक पर्यटकीय गन्तव्यहरुको छनौट भ्रमण गर्ने क्रममा साथीहरु योगेन्द्र, शेखर, विनोद, जीन, मृगेन्द्र, योगेन्द्र(भान्जा),राम र म प्राय एकै स्थल केही फरक भुगोल स्थलका रसुवा जिल्लामा ४,३८० मि.को उचाईंमा रहेको गोसाइँकुण्ड (निलकण्ठ तिर्थ) जनै पुर्णिमा मेला धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटनको मज्जा लिने निधो गर्यो । हिन्दु, बौद्ध र बोन […]

लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रको पदयात्रामा विदेशी पर्यटक आकर्षित

फागुन ३०, रसुवा । पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।            कोभिड–१९ संक्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटल व्यवसाय संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/ २५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ ।            चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ जना आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्धि हुने विगतको तथ्याङ्कले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।            चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ जना आन्तरिक, ११२ जना सार्क राष्ट्रका तथा १ हजार तीन जना अन्य देशका पर्यटकले भ्रमण गरेका छन् । धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेंसीहुँदै लाङ्टाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटल सञ्चालनमा आएको गजुरेल बताउँछन्।                  हिमाली पदयात्राका लागि आएका भारतीय यात्रु अमित पवारले जीवनमा एकपटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएको बताए । पर्यटकको आगमनसँगै पदमार्गका होटल व्यवसायी खाध्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन् । रासस

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापियो, नतिजा आउन समय लाग्ने

रसुवा– रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ । पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो । डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताए । […]

गोसाइँकुण्डसहित वरिपरिका कुण्डहरूको गहिराइ नापिँदै

रसुवा – रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नाप्न लागेको हो । यसका लागि अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी गोसाइँकुण्ड गएका छन् । गोसाइँकुण्ड तथा त्यस वरपर रहेका कुण्डहरूको गहिराइ नापेपछि त्यस क्षेत्रमा प...

गोसाइँकुण्ड : पर्यटकीय एवं धार्मिक गन्तव्यको संगम

रसुवाको गोसाइँकुण्ड हिन्दू र बुद्धिस्ट धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । यस्तै घुम्न मन पराउनेहरुको लागि पनि गोसाइँकुण्ड एक उत्कृष्ट गन्तव्य हो ।

आन्तरिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ । त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन । गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति  सबैका लागि महŒवपूर्ण देखिन्छ । गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ । नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।   लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

गोसाइँकुण्ड आवागमन बन्द

रसुवा : यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ । चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ ...