रसुवा – रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नाप्न लागेको हो ।
यसका लागि अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी गोसाइँकुण्ड गएका छन् । गोसाइँकुण्ड तथा त्यस वरपर रहेका कुण्डहरूको गहिराइ नापेपछि त्यस क्षेत्रमा प...