२० जेठ, पोखरा । गण्डकी प्रदेशले अहिलेसम्म प्रदेशबाट ओलम्पिकमा सहभागी भएका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । दोस्रो ओलिम्पियन पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको प्रतिनिधित्व गरी विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ओलम्पिक खेलेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए । एथलेटिक्सका टीका बोगटी (गोरखा), जुडोका […]