वृद्धभत्ता अब मासिक ४ हजार

काठमाण्डाै – सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिनुभएको हो । उहाँले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिनुभयो ।

सम्बन्धित सामग्री

बढेन वृद्धभत्ता, पुरानै निरन्तरता

काठमाडौं : सरकारले चार हजार भत्तालाई निरन्तरता दिने भएको छ।  सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक चार हजार भत्ता निरन्तरता दिएको बताए।यसका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रकम विनियोजन गरेको बताए। यस्तै, ६० वर्ष पूरा भएका दलित महिला, सीमान्तकृत समुदाय तथा बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको बताए।

आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने एमालेको संकल्प

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता पुर्‍याउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन । […]

वृद्धभत्ता ६८ वर्षमै दिने सरकारको निर्णयको पूर्वअर्थमन्त्री पाण्डेद्वारा बिरोध

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध गर्नुभएको हो । पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर […]

बजेटमा वृद्धभत्ता : कुन वर्ष कति बढाईयो ?

जेठ १५, काठमाडौं । नेपालमा सरकारले वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरेको तीन दशक पुग्न लागेको छ । उक्त अवधिमा विभिन्न समयमा गठन भएको सरकारले पटकपटक वृद्धभत्ता बढाउँदै आएको छ । यसपटक आर्थिक वर्ष २०७९/८० को बजेटमा भने भत्ता नबढाई दुई वर्ष उमेर घटाएर भत्ता उपलब्ध गराउने घोषणा गरिएको छ । अब भने ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता पाउने उमेरको दायरा बढाई ६८ वर्ष कायम गरिएको जानकारी दिए । यसअघि सरकारले ७० वर्षमा मात्रै वृद्धभत्ता उपलब्ध गराउँदै आएको थियो ।  सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिक, दलित ज्येष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाति, मानव विकास सूचकांक न्यून भएका २५ जिलाका पाँच वर्षसम्मका बालबालिका, दलित बालबालिकालगायतलाई उपलब्ध गराइने मासिक सुरक्षा भत्ता, औषधि उपचार, आर्थिक सहायतासमेतका लागि रू. एक खर्ब ३५ अर्ब एक करोड बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए ।  प्रस्तुत बजेटमा सामाजिक सुरक्षा र संरक्षणको अवधारणाअनुसार गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण कार्यक्रम, बाल्यावस्थामा खोप र आधारभूत शिक्षा, प्राविधिक सीप, युवावस्थामा शिक्षा र रोजगारी, वृद्धावस्थामा निःशुल्क उपचार, सम्मान र मर्यादित जीवनका लागि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।   राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि प्रदान गर्दै आएको जीवनवृत्ति रकमलाई निरन्तरता दिइएको छ । राजनीतिक परिवर्तनका क्रममा घाइते भएकाहरुको जीवन निर्वाह भत्तालाई पनि सरकारले निरन्तरता दिएको छ ।  भत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने जनाइएको छ । उक्त कार्यक्रमलाई यथार्थपरक र वस्तुनिष्ठ बनाउन एकद्वार प्रणालीबाट सञ्चालन गर्नका लागि सामाजिक, आर्थिक सूचनासहितको एकीकृत लागत राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।   सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार सन्ततिको शिक्षा र परिवारको बीमामा उपयोग गरिने भएको छ । कोषको रकमा व्यवसाय सञ्चालन गर्न र व्यावसायिक सीप विकासका लागि प्रयोग गरिने छ ।  कोषलाई दिगो बनाउने र त्यसको रकम उत्पादनमूलक तथा पूर्वाधारलगायतका क्षत्रेमा लगानी गर्न कानूनी प्रबन्ध गरिने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वनयमा जोड दिनाका साथै वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकहरुलाई कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्न व्यवस्था मिलाइने छ ।  कुन बेला कति बनाइयो वृद्धभत्ता ? नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५१/५२ को बजेटमार्फत वृद्धभत्ता उपलब्ध गराउन शुरु गरिएको थियो । त्यो बेला पहिलो कम्युनिष्ट पार्टीका नेता मनमोहन अधिकारी प्रधानमन्त्री थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी अर्थमन्त्री थिए ।  ९ महीने सरकारले ३३ नं बुँदामा ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ शीर्षकमा ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०५६/५७ को बजेटमा नेपाली कांग्रेस नेतृत्वको सरकारले भत्तालाई बढाएर रू. १५० पुर्‍यायो । आव २०६१/६२ को बजेटमार्फत वृद्धभत्ता प्रतिमहीना रू. १६५ बनाउँदा पनि अधिकारी नै अर्थमन्त्री थिए ।  आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत डा बाबुराम भट्टराईले त्यसलाई बढाएर रू. ५०० पुर्‍याए । तत्कालीन अर्थमन्त्री नेपाली कांग्रेसका नेता डा रामशरण महतले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत भत्ता बढाएर रू. एक हजार पु¥याए थियो । आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बढाएर रू. दुई हजार बनाए ।  आव २०७६/७७ को बजेटमार्फत डा युवराज खतिवडा अर्थमन्त्री हुँदा रू. तीन हजार पु¥याइएको वृद्धभत्ता अध्ययादेशमार्फत आएको चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले अध्यादेशमार्फत वृद्धभत्ता रू. चार हजार पुर्‍याइएको थियो ।  २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले उमेर घटाउने योजना अघि सार्नुभएको थियो । त्यो बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरिएको थियो । तर त्यसपछिको सरकारले उक्त निर्णय खारेज गरेको थियो । रासस

वृद्धभत्ता पाउने उमेर हद घट्यो : राज्यकोषलाई कति थपियो आर्थिक भार?

काठमाडौं : सरकारले वृद्धभत्ता पाउने उमेर हद दुई वर्ष घटाएसँगै राज्यलाई आर्थिक भार थपिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रस्तुत गरेको आव २०७९/८० को बजेटबाट वृद्ध भत्ता पाउने व्यक्‍तिको उमेर समूह घटाएका हुन्। अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले…

वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।सरकारले ६५ वर्ष उमेरमाथिका

वृद्धभत्ता र सरकारी कर्मचारीको बढेको तलब कार्यान्वयनमा

नयाँ बजेट कार्यान्वयनमा आजैबाट गएको छ । योसँगै सरकारले बजेट मार्फत बढाएको वृद्धभत्ता र सरकारी कर्मचारीको तलब पनि आजैबाट कार्यान्वयनमा गएको छ । साउन महिनाबाटै  अब कर्मचारीको तलब २ हजार रुपैयाँ बढेको छ भने  वृद्धभत्ता ४ हजार रुपैयाँ मासिक पुगेको छ । असारसम्मको भने मासिक ३ हजार पाउँनेछन् ।

सरकारले वृद्धभत्ता बढायो, बुढाबुढीले अब मासिक ३ हजार भत्ता पाउने

काठमाण्डाै - सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो ।

'पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धताबाट सरकार पछि हटेको छैन'

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्धभत्ता दिने प्रतिबद्धताबाट सरकारपछि नहटेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिबद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन्। उनले ...