‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन

काठमाडौं । संसारकै सबैभन्दा लामो र उचाईमा रहेको ‘ग्रेट हिमालय ट्रेल’ को नाम सुन्नेहरुलाई यो पदयात्रा मार्ग कस्तो होला ? भन्ने कौतुहल्ता भईहाल्छ । यो पदयात्रा मार्ग धेरै मनोरम एवं निकै आकर्षक होला भनेर विभिन्न देसका पर्यटक यस पदयात्रा क्षेत्रको भ्रमण गर्न लालायित हुन्छन । यस्तै कौतुहलता बोकेर दुई पटकमा गरि १२६ दिनको पदयात्रा भ्रमण […] The post ‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी– तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भुकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो । पदयात्राको याम सुरु भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम […]

लुक्लामा एकै दिन चार सय १२ वटासम्म उडान

वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् ।  आरोही र पदयात्री...

गाइड र टिम्स कार्ड नहुने पदयात्री पर्यटकलाई चर्को जरिवाना

१९ चैत, काठमाडौं । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड नलिई पदयात्रामा गएको पाइएमा विदेशी पर्यटकले अब चर्को जरिवाना तिर्नुपर्ने भएको छ । विदेशी पर्यटकका लागि यसअघि लिइँदै आएको टिम्स कार्डको मूल्य दोब्बर बनाउँदै नेपाल पर्यटन बोर्डले यसको कार्यान्वयनका लागि चर्को शुल्क तोकेको हो । यसका लागि पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित […]

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले शनिवार आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन् । ‘नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निणर्यको स्वागत गर्दछ,’ अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाई थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रूपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए । पर्वतीय पर्यटनद्वारा राज्यको कुल गार्हस्थ्य उत्पादनमा पुर्‍याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । -रासस

तोकिएका पर्यटकीय गन्तव्यमा अब पथप्रदर्शक बिना घुम्न जान नपाइने

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री...

अब एक्लै घुम्न जान नपाइने, पथप्रदर्शक अनिवार्य हुनुपर्ने प्रावधान लागू

काठमाडौं : नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरूवात भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजम

बाक्लो हिमपातका कारण हुम्लाको तुम्लिङमा फसे १२ जना पदयात्री

हुम्ला - बाक्लो हिमपातका कारण बाटो छिचोल्न नसक्दा हुम्लाको लिमी क्षेत्रको तुम्लिङमा १२ जना पदयात्री फसेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभानियाका चार नागरिक, तीन पथ प्रदर्शक र पाँच स्थानीय तुम्लिङमा फसेका हुन् । आइतवार रातिदेखि परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा उनीहरु तुम्लिङमा रोकिन बाध्य भएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को ...