एमाले सङ्गठित भएर अघि बढ्छ : निवर्तमान मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताएका छन् । मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, &

सम्बन्धित सामग्री

सुशासन विकासको पहिलो आधार हो : पूर्व मुख्यमन्त्री गुरुङ

नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन विकासको पहिलो आधार भएको बताउनु भएको छ ।

गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो भने विपक्षमा ३० मत परेको थियो । सभामुखसहित ६० सदस्य र

पहिले प्रधानमन्त्रीको भविष्य हेर्न चाहन्छन् मुख्यमन्त्री गुरुङ

२१ वैशाख, पोखरा । अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका विपक्षी दलले अविश्वास प्रस्तावलाई यसै हप्ता टुंगोमा पुर्‍याउनुपर्ने बताए । तर सत्तारुढ नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ पहिलो हप्ताअघि […]

छैन ‘गुरुङ सरकार’ जोगिने संकेत, ढल्नेमा ढुक्क हुन् पृथ्वीसुब्बा ?

एमाले र माओवादी ब्युँतिएपछि उनी जनमोर्चाले साथ दिनेमा ढुक्क थिए । जनमोर्चाले साथ नदिने भएपछि बल्ल मुख्यमन्त्री गुरुङ सरकार जोगाउन लागी परे । त्यतिबेला ढिला भइसकेको थियो

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेश सरकार फेरिने तयारी भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरूङविरुद्ध प्रतिपक्षी तीन दलले अविश्वासको प्रस्ताव दर्ता गरेसँगैप्रदेशमा सरकार फेरिने तयारी भएको हो ।प्रतिगमनविरुद्ध गण्डकी प्रदेशका नेकपा एमाले बाहेकका अन्य चार दलले मोर्चाबन्दी गरेकोले मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार हट्ने र नयाँ सरकार बनाउनेतयारी भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललेबताए । नेता […]

एमाले नै लोकतान्त्रिक पार्टी हो : मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट नेकपा एमाले बलात्कृत भएको बताएका छन् ।पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गरे ।उनले भने, “कम्युनिष्ट पार्टी भए पनि सबैभन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो । एमालेभित्र लोकतान्त्रिक आचरण […]

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो ।          प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उहाँले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताउनुभयो । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।”          माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।